माछापुच्छ्रे बैंक ऋणपत्रमा ३ करोड बढी आवेदन

  २०७६ भदौ ४ गते २०:३७     विकासन्युज

 

काठमाडौं ।माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गरेकामा ३ अर्ब ३ करोड रुपैयाँ बराबर माग भएको छ । यस बैंकको ऋणपत्रको लागि भदौ ३ गतेसम्म आवेदन खुला थियो । बैंकले ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १०.२५ प्रतिशत ब्याज तोकेको छ ।

यस बैंकको ऋणपत्रमा जीवन बीमा कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, नागरिक लगानी कोष, नेप्से, सैनिक कल्याणकारी कोषले ठूलो मात्रमा लगानी गरेका छन् ।

७ वर्ष अवधिको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत, चाहेको बेलामा किनबेच हुन सक्ने र बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र धितो राखी ऋणमिल्ने सुविधा छन् ।

अन्य बैंकहरूले निष्काशन गरेकाे ऋणपत्र बिक्री नभइरहेकाे समयमा माछापुच्छ्रे बैंककाे ऋणपत्रमा निष्काशन भन्दा बढी माग  हुनु यस बैंकप्रति लगानीकर्ताकाे विश्वास बढी रहेकाे रूपमा हेरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.