झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

  २०७६ भदौ ४ गते १८:५७     विकासन्युज


काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ १ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईरालाले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

त्यसैगरी ईलामस्थित मालपोत कार्यालय परिसरमा भदौ ०४ गते ईलाम मालपोत कार्यालय प्रमुख केशबकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.