दशैंमा केएनपीले फेरि ल्यायो रङ्गमा दङ्ग

  २०७६ भदौ २ गते १९:१९     विकासन्युज


काठमाडौँ । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्ने छन् । योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडि टीभी जित्ने अवसर प्राप्त गर्न सक्ने छन् । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार-प्रसार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.