टाटा मोटर्स कार्निभल शुरु, टाटाको प्यासेन्जर गाडीमा ३ लाख सम्मको छुट

  २०७६ साउन १७ गते १८:३८     विकासन्युज


काठमाडौँ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा ‘टाटा मोटर्स कार्निभल’ नाम दिई शुरु गरेको छ । २०१९ अगस्ट १ देखि शुरु भएको ‘टाटा मोटर्स कार्निभल’ विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा सञ्चालन हुनेछ ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रालिे टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो
टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम भएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जागरुक बनाई ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए ।

टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दा आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् ।

लक्की ड्रबाट बुकिङ्ग गर्दाको अफरहरु यस्ता छन्ः
– एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण/एप्पलको सेट/ ३ लाखसम्मको नगद छुट ।
– १ लाखसम्मको लोएल्टी बोनश ।
– एक वर्षसम्मको लागि रोड टयाक्समा छुट ।
– डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण ।
– बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार ।
– परीक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन ।
– पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास ।
– प्रत्येक टेष्ट ड्राईभमा २जनालाई फिल्मको टिकट ।
– प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.