सोमस्र्वीको एम्बेष्डरमा गायक सुशान्त केसी नियुक्त

  २०७६ साउन १७ गते १८:१३     विकासन्युज


काठमाडौँ । सोमस्र्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर नियुक्त गरेको छ ।

नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमस्र्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त केसीेले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन् । गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भने–“हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ ।

यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन्उ-नले भने ।

सुशान्त प्रशन्न हुँदै भने-‘म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.