मौद्रिक नीति ल्याउने मिति संविधानमै तोकिनु पर्छः नरवहादुर थापा

  २०७६ साउन १६ गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरवहादुर थापाले मौद्रिक नीति ल्याउने मिति संविधानमै तोकिनु पर्ने बताएका छन् ।

उनले बिहीबार राजधानीमा आयोजित मौद्रिक नीतिको असर सम्बन्धि कार्यक्रममा मिति नतोकिदा नीति आउन यताउता भएको बताए ।

‘संविधानमै बजेट जस्तै मौद्रिक नीति आउने दिन तय गरिनु पर्छ,’ उनले भने ‘अहिलेसम्म १८ वटा मौद्रिक नीति आएको छ ।’

कार्यक्रममा मौद्रिक नीतिले पार्न सक्ने प्रभावको समीक्षा गर्दै उनले भने ‘ अहिले सरकारी खर्च नहुँदा मूल्य वृद्धि ५ प्रतिशतभन्दा तल रहेको उनले बताए ।

सरकारी खर्च बढेपछि मूल्य वृद्धि माथि उक्लन थाल्छ,’ उनले भने ‘ यदि भारतमा मूल्य वृद्धि भयो भने नेपाल पनि मूल्य वृद्धि बढ्छ ।’

हाल नेपालमा भित्र्ने मालवस्तुमध्ये दुई तिहाई भारतबाट भित्र्ने गरेको छ अर्थात कुल १४ खर्ब १८ अर्ब आयातमध्ये ९ खर्ब १७ अर्ब भारतबाट नेपाल भित्रिएको छ । साथै उनले मौद्रिक नीतिले बैकलाई मात्र नभइ व्यवसायीलाई समेत राहत पुग्नेगरी ब्याजदर एकल अंकमा झार्ने कार्यक्रम ल्याएको भए राम्रो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.