सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन हुने

  २०७६ साउन १५ गते १७:३४     विकासन्युज


काठमाडौँ । गत वर्ष झैं यस वर्षपनि सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना हुने भएको छ । ‘साहसिक खेलकुद हाम्रो अभियान,धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने विषयलाई आत्मसात गर्दै खेलकूद विकास समिति सिन्धुपाल्चोकले साउन ३० गते तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना गर्ने भएको हो ।

खेलकुद विकास समिति र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाको बारेमा जानकारी गरेको हो । पोखरीको उचाईको हिसावले विश्वको नवौं स्थानमा पर्ने पाँचपोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न,धार्मिक साँस्कृतिक रुपले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

समितिका अध्यक्ष टासी शेर्पाले कार्यक्रको आयोजनाले पाँचपोखरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुधार र त्यस क्षेत्रलाई सबैले चिन्न र बुझ्न पाउने बताए । उनले कार्यक्रमको आयोजनाका लागि करिब १४-१५ लाख रुपैयाँ खर्च हुन सक्ने अनुमान गरेको बताए ।

प्रदेश नम्बर तीनका प्रदेशसभा सदस्य निमा लामाले पाँचपोखरी क्षेत्र धार्मिक एवमं साँस्कृतिक रुपले महत्वपूर्ण भएको बताउँदै यसको प्रचार प्रसार र संरक्षणले राज्यलाई धेरै नाफा पुगने बताए । उपत्यकाबाट सबैभन्दा नजिकको पर्यटकिय स्थल पाँचपोखरी र हेलम्बु भएको बताउँदै उनले यसको प्रवद्र्धनका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए ।

यस्तै पूर्व कानुनमन्त्री तथा प्रतिनिधी सभा सदस्य शेर बहादुर तामाङले यस कार्यक्रमले पर्यटक बढाउन र मुलुकको सम्बृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै पाँचपोखरी साँच्चीकै स्वर्गिय ठाउँ भएको उल्लेख गरे । तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को प्रतियोगितामा १ सय ५५ जनाले भागलिन सक्ने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितामा प्रथम धावकलाई पचास हजार, दोस्रोलाई तीस हजार, तेस्रोलाई बीस हजार, चौथोलाई दश हजार र पाँचौ हुने धावकलाई पाँच हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिता पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ किमीको रहेको जनाएको छ । प्रतियोगितामा विभिन्न संघ सस्थाले सहकार्यको भूमिका खेल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.