धोवीखोला करिडोरमा टोयोटाद्वारा वृक्षारोपण

  २०७६ साउन १२ गते १९:४४     विकासन्युज


काठमाडौँ । नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो ।

आनन्दनगर धुम्बाराही बैजनीपुलदेखि पहेँलो पुलसम्मको धोवीखोलाकरिडोरका दुवै तर्फ सो बिरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएकाविरुवा करबीरका हुन् । धेरै अग्लो नहुने करबीर जातकाविरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुलफुल्ने जातको विरुवाहो । टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पूग्ने कम्पनीले विश्वास लिएको छ ।

उक्त वृक्षा रोपण कार्यक्रममाप्रदेश सांसदहरुज्युहरु नारायन सिलवाल, सीता अधिकारी तथा बैद्य अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो । सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.