बिकेन हिमालयन बैंकको ऋणपत्र, साउन ३१ गतेसम्म समय थप

  २०७६ साउन ७ गते ९:४०     विकासन्युज

काठमाडौँ । हिमालयन बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुलाको समय थप गरिएको छ । तोकिएको समय भित्र सर्वसाधारणले पर्याप्त आवेदन नदिएपछि समय गरिएको हो ।

सात वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १००० अंकित ३० लाख कित्ता मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड ऋण पूँजी रकम साउन २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । तर यो समय अवधि भित्र उक्त डिबेन्चर बिक्री हुन नसकेको हो ।

यता, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले सर्वसाधारण आवेदकहरुको सुबिधालाई मध्येनजर गर्दै उक्त निष्काशनको बिक्री अवधि साउन ३१ गतेसम्म कायम गरिएको जनाएको छ ।

उक्त ऋणपत्र न्यूनतम २५ र अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.