महासंघ र यूएन परियोजना बीच सहमती पत्रमा हस्ताक्षर

  २०७६ साउन ६ गते १९:२०     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तरगत संचालित इन्ह्यान्सिङ एक्सेस टु जस्टीस थ्रु इन्सिच्यूसनल रिफर्म परियोजना बीच सोमबार महासंघ सचिवालयमा एक सहमतीपत्रमा हस्ताक्षर भएको छ । उक्त परियोजना संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा संचालित कार्यक्रम हो ।

मुलुकका सातै प्रदेशमा व्यवसाय क्षेत्र र मानव अधिकारका मुल्य मान्यताका विषयमा बृहद बहस चलाउने उद्देश्यले दुवै संस्था बीच सो सहमती भएको हो । सहमतीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव एवं परियोजनाका राष्ट्रिय निर्देशक फणिन्द्र गौतमले एक कार्यक्रम बीच महासंघ सचिवालयमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.