राष्ट्रिय बीमा संस्थानमा २९ नयाँ कर्मचारी नियुक्त, प्रशासक पाठकले गराए सपथ

  २०७६ साउन १ गते १९:१४     विकासन्युज


काठमाडौँ । राष्ट्रिय बीमा संस्थानमा २९ जना नयाँ कर्मचारी नियुक्त भएका छन् । १६ जना अधिकृत स्तरका र १३ जना सहायक स्तरका कर्मचारी नियुक्त भएका हुन् ।

नयाँ कर्मचारीहरुको स्वागत गर्दै संस्थानका नायब महाप्रबन्धक महेश रिमालले स्वागत तथा बधाई ज्ञापन गरेका थिए भने प्रशासक कविप्रसाद पाठकले सपथ ग्रहण गराए ।

नयाँ कर्मचारीहरुको नियुक्तिपछि बीमा सेवाको गुणस्तर बृद्धि हुने प्रशासक पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.