उद्योग क्षेत्रको प्रगति बिना देशमा समृद्धि आउँदैनः मन्त्री यादव

  २०७६ साउन १ गते १९:०२     विकासन्युज

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव उद्योग क्षेत्रको प्रगति बिना देशमा समृद्धि  नआउने बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्रीले नेपालमा सबै शासक र प्रशासक मात्रै बन्न खोजेको आरोप लगाए । उनले देशमा सेवक बनेर काम गर्नेभन्दा पनि शासक नै बन्न खोजेकाले पनि देशमा औद्योगिक क्षेत्रको विकास नभएको बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले उद्योग मन्त्रालयबाट पर्याप्त सहयोग नभएको बताए । उद्योग बाणिज्य महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले प्यानको नीतिले व्यवसायीहरुले काम गर्ने असजिलो भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.