साँवा र ब्याज बुझाउने समय थप भएकोमा परिसंघद्वारा प्रसंशा

  २०७६ असार ३० गते १९:३१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैँकले असार मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने ब्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सराहाना गरेको छ ।

नेपाल उद्योग परिसंघले आगामी मौद्रिक नीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा ब्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाव दिएको थियो ।

उक्त सुझाव प्रस्तुत कार्यक्रममा कर तथा व्याज भुक्तानीको समय फरक-फरक गरी समय बढाउन तत्काल लिन कार्यवाहक गभर्नर एवम् राष्ट्र बैँकको सकारात्मक धारणा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.