नेशनल माइक्रोफाइनान्स छैठौं बर्षमा प्रवेश, अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण

  २०७६ असार १९ गते १३:४७     विकासन्युज


काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौ बर्ष पूरा गरी छैठौं बर्षमा प्रबेश गरेको छ । संस्थाले बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्रय लिएका २५ जना अनाथ बाल बालिकालाई एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री वितरण गरेको छ ।

सो सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले आमाको माया छात्रवासका अध्यक्ष डा.नविन वन्धु पहाडीलाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमका अवसरमा संस्थाका देशभर रहेका शाखा कार्यालयहरुले आ-आफ्नो क्षेत्रहरुमा सरसफाई, वित्तिय साक्षरता, बृद्धवृद्धालाई सहयोग, अस्पतालका विरामीलाई फलफुल वितरण समेत गरेका छन् ।

२०७१ असार १८ गतेदेखि राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा संचालनमा आएको संस्थाले मोवाइल बैकिङ र एसएमएस बैकिङको सेवा समेत शुरुवात गरेको छ ।

 

संस्थाले धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा रु.५०० जम्मा गरि मोवाइल बैकिङ सेवाको शुरुवात संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले गरेका हुन् । संस्थाको मोवाइल बैकिङ सेवाबााट युटिलिटी पेमेन्ट, मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको साथै अन्य सेवा प्राप्त गर्न सक्नेछन भने एसएमएस बंैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोबारको विवरण र अन्य सूचना प्राप्त गर्न सक्नेछन् ।

धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको संस्थाले ३८ जिल्लाका ५० वटा शाखा कार्यालय मार्फत ८० हजार भन्दा वढी घरधुरीलाई सेवा पुर्याइरहेको छ । हाल संस्थाको कर्जा लगानी करिब रु.४ अर्ब र बचत रु.१ अर्ब २६ करोड रहेको छ ।

नेशनल माइक्रोफाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ र एसएमएस सेवा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.