विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सहभागिता, लगानीको वातावरणबारे छलफल हुने

  २०७६ असार १६ गते ११:२९     विकासन्युज

काठमाडौँ । मित्र राष्ट्र चीनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जुलाई १ देखि ३ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेतृत्व गरेको उक्त प्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मी राणा तथा सदस्य मनोज गोयल रहेका छन् ।

उक्त प्रतिनिधि मण्डलले चीनमा रहँदा चीनको अन्तराष्ट्रि व्यापार प्रवद्र्धन परिषदका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नेछ । सो भेटघाटमा चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने कार्यक्रम छ ।

त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमाभागलिन डालियानमा आउने मन्त्री लगायत उच्चपदस्थ अधिकारीहरुसंग समेत नेपालको लगानीको वातावरणका सम्बन्धमा छलफल हुने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधि मण्डलले डालियानमा रहँदा अन्य देशहरुका समकक्षीसंग समेत सहकार्यका लागि छलफल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.