स्पोर्टस अवार्डका लागि क्राउन प्लाजा बन्याे सहप्रायोजक

  २०७६ असार १२ गते १६:३३     विकासन्युज

काठमाडौं । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ ।

यही असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि होटलले सहप्रायोजकको रुपमा सहयोग गर्ने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र उक्त होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै होटलले अवार्ड र मञ्चको कार्यक्रमका लागि चार लाखसम्म बस्न र खानपानका लागि खर्च व्यहोर्ने छ । होटलका प्रबन्ध निर्देशक श्रेष्ठले अवार्डका लागि दुई दिनको खाना र १० वटा कोठा निःशुल्क दिने जानकारी दिए ।

यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिने छ ।

यसरी,कार्यक्रममा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न १० विधामा प्रदान गरिने उक्त कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिँदै छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.