देवः विकास बैंकको आयोजनामा वीरगञ्जमा बिजनेश मिट २०१९ सम्पन्न

  २०७६ असार १० गते १२:४६     विकासन्युज


काठमाडौँ । देवः विकास बैंक लि.ले वीरगञ्ज महानगरपालिका, वडा नं. ०६, माइस्थान चोकमा असार ६ गतेदेखि आयोजित बिजनेश मिट २०१९ सम्पन्न भएको छ ।

बैंकको वीरगञ्ज शाखा कार्यालयको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज शाखाका कामु निर्देशक श्यामराज त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गले संयुक्त रुपमा केक काटी कार्यक्रम उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा स्थानीय प्रतिष्ठित उद्योगी, व्यापारी, समाजसेवी, पत्रकार, व्यवसायिक संघ संस्थाका प्रतिनिधि एवम् व्यवस्थापक, स्थानीय लब्धप्रतिष्ठित व्यक्ति तथा बैंकका ग्राहकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.