सौन्दर्य सम्बन्धी मेगा शो ‘हेयर एन्ड बियोन्ड’मा ‘रेट्रो रिमिक्स’ पुनःसार्वजनिक

  २०७६ असार २ गते १९:३८     विकासन्युज


काठमाडौं । सन् २०१९ मा समकालीन फेसनलाई पुनः सबल तुल्याउनका लागि रेट्रो-प्रेरित शैलीहरू पुनः फर्किएका छन् । कपालको हेरचाह, रंग र शैलीका लागि स्ट्रिक्स प्रोफेसनलका विशिष्ट उत्पादनका श्रृङ्खला रहेका छन्, जुन विशेष रुपमा विशेषतः सैलुन पेशाकर्मीहरू र प्राविधिकका लागि विशेष रूपमा तयार गरिएका छन्, उसले रेट्रो रिमिक्सको शुभारम्भ गरेको छ । पुरानो शैलीका नयाँ संग्रह वर्तमान फेसनप्रेमीहरूका लागि लक्षित गरेर नयाँ ढंगबाट पुनः जोडिएको हो ।

काठमाडौंमा आयोजित कपालको सौन्दर्यसम्बन्धी आफ्नो मेगा शो ‘हेयर एन्ड बियोन्ड’को २०१९ को संस्करणमा यो संग्रह सार्वजनिक गरिएको हो । आर्गन सेक्रेट्स हेयर कलर, क्यान्भोलाइन स्ट्रेट्निङ क्रिम र होल्ड एन्ड प्ले स्टाइलिङ श्रृङ्खलाजस्ता उत्पादन प्रयोग गरेर आजका फेशन प्रति जागरुक महिलाहरूका लागि परिस्कृत रेट्रो रिमिक्सका श्रृङ्खला तयार पार्न खैरो, सुनौलो र सुनौलो खैरोे (ताम्र रंग)का मिश्रण तथा खैरो सेडको मिश्रण प्रयोग गरिएको छ ।

स्ट्रिक्सका नयाँ संकलन ल्याइएको घोषणा गर्दै हाइजिन रिचर्स इन्स्टिच्यूटको प्रोफेसनल विभागकी प्रमुख रोशेल छावडाले भनिन्, “स्ट्रिक्स प्रोफेसनल यो नयाँ भिन्टेज श्रृङ्खला प्रस्तुत गर्नमा गर्व महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.