पप्पुलाई कारवाही गर्न समितिको निर्देशन, तीनकुने पुलमा लापरवाही गरेको ठहर

  २०७६ जेठ ३१ गते १०:१९     विकासन्युज

काठमाडौँ । राजधानीको तीनकुने र मीनभवन जोड्ने गरी बागमती नदीमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको निश्कर्ष सहित काम रोक्न दिइएको निर्देशन पालना नगर्ने पप्पु कस्ट्रक्सनलाई कारवाही गर्न शिफारिस गरिएको छ ।

प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिमा शुक्रबार पुलको स्थलगत भ्रमणको प्रतिवेदन पेश गर्दै पप्पुलाई कारवाहीको शिफारिस गरिएको हो ।

समितिले तिनकुने पुलमा देखिएको प्राबिधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ ।

फाइल तश्वीर

‘काम अघि नबढाउन निर्देशन दिँदा दिँदैपनि अटेर गरी निर्माण अघि बढाउने व्यवसायीलाई कारवाही गर्नु पर्छ’-समिति सभापति खड्काले बताइन् ।

२१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानी समेत रोकिएको छ ।

पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो । सो टोलीमा राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक समेत सहभागी थिए ।

यो पनि पढ्नुहोस्: 

तीनकुने पुलमा पप्पुलाई सांसदको र्‍याखर्‍याख्ती

टेकु र वाग्मती पुलको विकास समितिले अनुगमन गर्ने, ‘निर्माण गुणस्तरहीन’

वाग्मती पुलको निर्माण सुस्त, ठेक्काको अवधि सकियो, भौतिक प्रगति ३० प्रतिशत मात्रै

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.