नेपाली र भारतीय मेडिकल व्यवसायीबीच छलफल, सहकार्यमा जोड

  २०७६ जेठ २९ गते १८:३३     विकासन्युज


काठमाडौं । नेपाली र भारतीय मेडिकल उद्यमी व्यवसायीहरू बीच मेडिकल क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आपसी सहकार्यका विषयमा अध्ययन गर्न नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ, पूर्वी क्षेत्रका मेडिकल व्यवसायमा आवद्ध उद्यमीहरू र नेपाली हस्पिटल/मेडिकल उद्यमी व्यवसायीहरू बीच आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालमा सो छलफल भएको हो ।

छलफलमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र भारतीय टोलीको नेतृत्व सीआईआई हेल्थकेयर इस्टर्नका अध्यक्ष्ँ रूपक बरूवाले गरेका थिए । सीआईआई प्रतिनिधिमण्डलमा १४ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा भएको छलफलमा मेडिकल क्षेत्रमा हुन सक्ने संयुक्त लगानी, जनशक्ति विकास, तालीमको आदान प्रदान, अध्ययन अनुसन्धान, दुई देश बीच हाल रहेको नीतिगत व्यवस्था, स्वास्थ्य क्षेत्रको यथार्थ अवस्था लगायतमा बृहद छलफल भएको छ ।

बैठकमा नेपाल र भारत छिमेकी मुलुक भएकाले स्वास्थ्य सेवा लिन दुवै देशका नागरिक दुवै देश आउने/जाने परम्परा रहेतापनि नेपालीहरू भारतमा गएर उपचार गर्दा भाषागत समस्या, अपरिचित डाक्टर लगायतका केहि कठिनाईहरू रहेकोले ती कठिनाईहरूलाई सुल्झाउन पर्ने नेपाली पक्षबाट जोड दिइयो ।

बुधकार नै सीआईआई प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव समक्ष स्वास्थ्य मन्त्रालयमा भेटगरी नेपाल र भारत बीच स्वास्थ्य क्षेत्रमा हुन सक्ने सहकार्यका विषयमा छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.