महासंघको प्रतिनिधिमण्डल चीन साउथ एशिया फोरम बैठकमा सहभागी

  २०७६ जेठ २९ गते १८:२५     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधि मण्डलले बुधबार चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा भाग लिएको छ । अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा चीनको युनान प्रान्तको कुनमिङ शहरमा फोरमको बैठक आयोजना भएको हो ।

फोरम बैठकमा नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको छ । बैठकमा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य,महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ, अधिकृत कृति खतिवडा सहितको महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।

बैठककै क्रममा सीसीपीआईटी र सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघहरूका तर्फबाट एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ÷नेपालको तर्फबाट महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले हस्ताक्षर गरे । समझदारीपत्रमा चीन र दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यापार सहजीकरण, आपसी सहकार्य लगायतका विषयमा जोड दिइएको छ ।

सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरू मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ । उक्त मेलाको विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले अवलोकन गर्यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ ।

त्यसअघि मंगलबार चीनको कुनमिङमा योग्सी शहरमा आयोजना भएको चाइना साउथ एशिया सहयोग मंचको दोस्रो बैठकलाई महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष ढकालले सम्वोधन गरेका थिए । र्नुभयो । सो कार्यक्रमलाई संबोधन गर्नुहुंदै उहांले सार्क राष्ट्रहरूको अर्थतन्त्र विविधात्मक भएकाले यस क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रहरू बीचको बलियो सहकार्यमा जोड दिए ।

सार्क राष्ट्रहरूमा भौगोलिक, सास्कृतिक विविधता, सहज यातायात लगायत पर्यटनकोे लागि सार्क क्षेत्र विशेष भएको महासंघका पूर्व अध्यक्ष ढकालले बताए । उनले भने–‘नेपालले बीआरआइलाई एउटा महत्वपूर्ण कनेक्टीभिटीको रूपमा मानेको छ । नेपालमा भएका युवाहरूलाई परिचालन गर्न र नेपालको उत्पादकत्व बढाउन यसले मद्दत गर्छ ।’ बीआरआईले नेपाललाई सार्क क्षेत्र र चाइना जोड्ने कनेक्टीभिटी हवको रूपमा स्थापित गर्नसक्ने पनि उनले बताए ।

चीनले विश्वमा आफुलाई उत्पादन विविधिकरण र निरन्तर आर्थिक विकास गरीरहेको मुलुकको रूपमा चिनाईरहेको बेला नेपालले पनि त्यसबाट सिक्न आवश्यक रहेको बताउनु भयो । चीन नयाँ प्रविधिको विकासको कारण विश्वमा चिनिएको बताउँदै उनले नेपालले ती प्रविधिलाई ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.