राधी विद्युतको साधारणसभा असार २७ गते, ९ गतेदेखि नै बुक क्लाेज

  २०७६ जेठ २९ गते ७:५०     विकासन्युज

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । जेठ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा अमृतभोग क्याटरिङ कालीकास्थानमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

साधारण सभाले कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांस कर सहित स्वीकृत गर्नेछ । त्यसैगरी चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावसाधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजी कार्य असार ९ गतेदेखि २२ गतेसम्म बन्द रहने छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असार ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ७ दिन भित्र दाखिल खारेजका लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.