नुवाकोट गोल्डकपको फाइनलमा नुवाकोट ११, विजेतालाई ६ लाख नगद

  २०७६ जेठ २८ गते २०:३६     विकासन्युज

नुवाकाेट । नुवाकोट गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नुवाकोट ११ (१-०) गोलले बिजयी भएको छ । नुवाकोट ११ र नेपाल पुलिस क्लब बिचको खेलमा नुवाकोटको लागि बिदेशी खेलाडी रोमियोले ३९औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। दोश्रो हापमा कुनै पनि टिमले गोल गर्न नसक्दा नुवाकोट ११ ले फाइनलमा आफ्नो स्थान सुरक्षीत बनाएको हो ।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल खेल संकटा क्लब र च्यासल युथ क्लब बिच भोलि हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ । फाइनलको लागि नुवाकोट ११ ले दोश्रो सेमिफाइनल खेल बिजेता टिम संग प्रतिस्पर्धा गर्नेछ । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

(नुवाकाेट सेराेफेेराेबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.