ज्योति लाईफका ग्राहकलाई काठमाडौं ग्रुप अफ होटल्सको सेवामा विशेष छुट

  २०७६ जेठ २८ गते १६:४१     विकासन्युज


काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसंग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जाल भित्र आबद्ध भएका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।

सम्झौतापछि कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज(चितवन) गरी विभिन्न स्थानहरुमा अवस्थित सातवटा होटल तथा रिसोर्टहरुमा प्राप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने जनाइएको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक दिवाकर राजकर्णिकरले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.