टीभीएस स्ट्र्याकर मेलामा सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका 

  २०७६ जेठ २८ गते १२:३५     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ ।

जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरबाट टिभीएस स्ट्याकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको छ ।

टिभीएस स्ट्याकर १२५ मेला शोरुम नजिकैको स्थानहरुमामा जेठ ३१ गतेबाट असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टिभीएस टिभीएस स्ट्याकर १२५ को खरिद क्यास , फाइनान्स र एक्सचेन्जको माध्यम बाट गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेला अबधि भर टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि कम्पनीले उपलब्ध गराउने भएको छ । मेलामा टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते बिरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुःखशुख हासो खुशी बाँड्ने छन् । मेला अवधिमा ४०० वोटा टिभीएस स्ट्याकर १२५ बेच्ने लक्ष राखेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए ।

विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु टिभिएसले आफनो नेपाल भरिको ९० भन्दा बढी ठाउबाट थ्री एस सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ । बिभिन्न सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टीको सेवापनि दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.