दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुवैजना सुन तस्करीमा संलग्न

  २०८१ वैशाख २८ गते १२:५६     विकासन्युज


काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित काठमाडौं दरबारमार्गबाट पक्राउ परेका दुईजना यसअघि सुन तस्करीमा संलग्न रहेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बिहीबार राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू सुन तस्करीमा संलग्न रहेको तथ्य फेला परेको हो ।

उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो।

बिहीबार बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक दुवैजना बुटवलका रहेको र दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.