२०८१ वैशाख ३० गते ११:३१ विकासन्युज
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आईतबारका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आईतबारका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.