स्वेडा लघुवित्तको विशेष साधारण सभा असार ३ गते, के-के छन् प्रस्ताव ?

  २०७६ जेठ २७ गते १२:४८     विकासन्युज

काठमाडौँ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा असार ३ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय धादिङ धुनिवेशी नगरपालिका ६ धार्केमा अपरान्ह १ बजे साधारण सभा हुने जनाएको छ ।

साधारण सभामा एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्जर वा प्राप्ती गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थाको पूँजी बृद्धि गर्ने र सोही अनुसारको अनुपात कायम गर्ने प्रस्ताव सञ्चालक समितिले पेश गर्ने बताइएको छ ।

साथै हकप्रद बापतको सेयर खरिद गर्ने हक अरुपलाई बिक्री वा हक हस्तान्तरण बारेपनि छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.