आरएमडीसीले फिल्ड कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम

  २०७६ जेठ २४ गते १९:१५     विकासन्युज


काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ ।

उक्त तालिम जेष्ठ २२ देखि २४ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २० वटा लघुबित्त बित्तीय संस्था र ४ वटाका लघुबित्त कार्यक्रम संचालन गरिरहेका सहकारी संस्थाहरुका प्रतिनिधि सहित ३४ जना बरिष्ठ फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले गरेका थिए ।

उक्त तालिममा प्रशिक्षकको रुपमा फरर्वाड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लि.का सहायक महाप्रबन्धक कृष्ण ्रसाद भट्टराई र जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का तालिम बिभाग प्रमुख सुदिपकुमार मण्डलले भुमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.