एशियन लाइफले हकप्रद सेयर बेच्न टेण्डर खोल्यो, कहिले भर्ने ?

  २०७६ जेठ २४ गते १०:५६     विकासन्युज

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र(टेण्डर) आह्वान गरेको छ । कम्पनीले २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर, माग बमोजिम आवेदन नपरेपछि उक्त परिमाणको हकप्रद सेयर टेण्डर गरी बिक्री गर्न लागेको हो ।

असार १ गतेदेखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्र(टेण्डर) पेश गर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन नम्बर १५ को प्रावधानलाई आधार मानी सेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्न लागिको कम्पनीले जनाएको छ ।

उक्त सेयरहरु खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक समूहतर्फको २४२०.७० कित्ता र सर्वसाधारण समूहतर्फको २१८९३९.०३ कित्ता गरी २२१३५९.७३ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्न लागिएको हो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार एनआबीएल एस क्यापिटलका शाखाहरु, नेपाल इएन्भेष्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी तथा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड बाग्लुङबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.