युनिभर्सल पावर कम्पनीमा ७ जना सञ्चालक नियुक्त(नामावली सहित)

<p>काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडको जेठ २० गते सम्पन्न साधारण सभाले ७ जना सञ्चालक निर्वाचित गरेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिना सहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनी सचिव देववहादुर श्रेष्ठले जनाएका छन् । कम्पनी सचिव श्रेष्ठका अनुसार संस्थापक सेयरधनीका [&hellip;]</p>

काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडको जेठ २० गते सम्पन्न साधारण सभाले ७ जना सञ्चालक निर्वाचित गरेको छ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिना सहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनी सचिव देववहादुर श्रेष्ठले जनाएका छन् ।

कम्पनी सचिव श्रेष्ठका अनुसार संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार भण्डारी, उत्तम भ्लोन लामा, निरबहादुर बुढाथोकी र गोकर्ण पराजुली सञ्चालक समिति सदस्यमा चयन भएका छन् ।

त्यसैगरी सर्वसाधारण सेयरधनीको तर्फधबाट लक्ष्मी पौडेल, प्रभु्लाल अधिकारी र भोजबहादुर खड्का सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।

Share News