
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले धनगढी, कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर-१०, चितवन स्थित चितवन मेडिकल कलेजसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता गरेको छ । सम्झौतापछि कम्पनीका ग्राहकहरुले चितवन मेडिकल कलेज र माया मेट्रो अस्पतालमा विशेष छुट पाउने छन् ।
उक्त अलगअलग सम्झौताहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप-प्रमुख प्रकाशबिक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा. मोहन साउदले हस्ताक्षर गर्नुभएको थियो भने चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका हुन् ।