ठमेलमा चुनावी चटारो, सुधारका आधा दर्जन एजेण्डासहित प्रधान मैदानमा

  २०७६ जेठ १९ गते ९:०६     विकासन्युज

काठमाडौं । ठमेल पर्यटन विकास परिषदमा चुनावीच चटारो सुरु भएको छ । यहि जेठ २५ गते हुने साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । ठमेलको सुधारका आधा दर्जन एजेण्डा बोकेर व्यवसायी अर्जुनलाल प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।

३० बर्षदेखि ठमेलमा व्यवसाय सञ्चालन गरिरहेका प्रधानको समुहमा गोपाल गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ, सहदेव धमला, बद्रि तिमिल्सना, पुण्यमान लगेजु लगायतका व्यवसायीहरुले पदाधिकारीको निर्वाचन लड्दैछन् । प्रधानले ठमेलमा व्यापाक सुधारका अवधारणा अघि सारेर निर्वाचनमा होमिएको बताए । ‘ठमेलको विरासत जोगाउने र यसलाई थप व्यवस्थित गर्ने निर्विकल्प पर्यटन गन्तव्य बनाउने योजनासहित हामी निर्वाचनमा होमिएका छौं’, अध्यक्षका प्रत्यासी प्रधानले भने ।

उनीहरुले ठमेलमा पार्किङ, सुरक्षा, अव्यवस्थित तार/पोल, होर्डिङ बोर्ड, ढल निकास, सडक तथा सरसफाई, सांस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका एजेण्डा अघि सारेका छन् । त्यस्तै, माग्ने, सारङगी, फुटपाथमा समान बेच्ने, तेश्रो लिङगी लगायतका समस्या समाधान पनि आफ्नो एजेण्डामा रहेको प्रधान समुहबाट पदाधिकारीका उम्मेदवार महेशमान महर्जनले बताए । महर्जनलाई ठमेलमा स्थापित व्यवसायीका अलवा समाजसेवीका रुपमा समेत चिनिन्छ ।

उनीहरुले ठमेल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई जोड्ने डेडिकेटिड सडक तय गर्ने योजना पनि अघि सारेका छन् । ठमेललाई व्यवस्थित, आकर्षक र सुरक्षित पर्यटन गन्तव्यका रुपमा स्थापीत गराउने संकल्पसहित मतदाता भेटघाटमा लागेको पनि प्रधानले बताए । नयाँ नेतृत्व चयनका लागि ठेमल क्षेत्रका ७९३ व्यवसायी मतदाता रहेका छन् । आफ्नो समुहमा समाजसेवी पृष्ठभूमिका स्थापित व्यवसायीहरु रहेको प्रधानले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.