ललितपुर उद्योग वाणिज्य संघले बाँढ्यो छात्रवृत्ति

  २०७६ जेठ १७ गते १८:२५     विकासन्युज

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिंदै आएको छात्रवृत्ति शुक्रबार एक समारोहबीच वितरण गरेको छ ।

विभिन्न विद्यालयका १२ जना विधार्थीलाई छात्रबृत्ति वितरण गर्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सबसंघले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासको लागि सानो लगानी गरेको बताए ।

कास सदस्य एवम् व्यावसायिक उत्तरदायित्व तथा छात्रवृत्ति समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले विद्यार्थीहरुले यसलाई उत्प्रेरणाको श्रोतको रुपमा ग्रहण गरी भविष्यमा आफ्नो शैक्षिक स्तर अझ उकास्नु पर्ने बताए । उनु हुंदै छात्रवृत्ति ग्रहण गर्नु सबै विद्याथीहरुलाई बधाई समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.