महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा बजेट घट्यो

  २०७६ जेठ १६ गते १८:४१     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षमा महिला, बालबालिका तथा जेष्ठनागरिक क्षेत्रमा ७८ करोड बजेट विनियोजन भएसँगै सबैको ध्यान गएको छ । उक्त रकम चालु आर्थिक वर्षको तुलनामा न्युन रहेको र महिला बालबालिका सम्वन्धी धेरै घटना भईरहेको हुदाँ बजेटमा चासो बढेको हो । चालु आर्थिक वर्षमा १ अर्ब ८८ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो भने आगामी आर्थिक वर्ष २०७६/७७ सालका जम्मा ७८ करोड रुपैयाँ विनियोजन भएको छ ।


त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत तालिम संचालनका लागि मानव विकास सूचकाङ्गमा पछाडी परेका ३० जिल्लाका ६४ संस्था छनौंट भई सम्झौता भएको छ । विभिन्न जिल्लाहरुका ७ गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिमबाट बचाउन हवाई उद्धार गरेको छ । बेचबिखनमा परेका ८ सय ४२ जना महिलाको उद्धार गरेको छ ।

त्यस्तै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको मनोबल,मर्यादा, सिप र क्षमता बढाउनका लागि पुनस्थापनाका कार्यक्रमहरु लगायतका विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ । मानसिक रोगी, विपन्न, सामाजिक कुप्रथामा हटाउनका लागि विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्ने, बालश्रमको अन्त्यलाई ध्यानमा राखि संघ, प्रदेश, स्थानीय तहको सडक बालबालिका उद्धारका लागि बालकल्याण संस्थासँग सहकार्य गर्ने बजेटमा उल्लेख छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय सामुदायिक एवं गैरसरकारी संस्थाहरुलाई जवाफदेही र व्यवस्थित रुपमा परिचालन हुन प्रोत्साहन गर्ने उक्त बजेट विनियोजनसँगै उक्त कार्यको घोषणा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.