हाम्रो अस्पतालमा जनता बैंकका ग्राहकलाई विशेष छुट

  २०७६ जेठ १६ गते १४:३५     विकासन्युज


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रालि, बिराटनगरबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हाम्रो अस्पतालका सञ्चालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपीडी सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने बताइएको छ ।  छुट सुविधा अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले एटिएम कार्ड अथवा ग्राहक खुल्ने कागजात पेश गरी लिन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.