एनआईबिएल एस क्यापिटलले ५० करोडको खुलामुखी योजना ल्याउने

  २०७६ जेठ १६ गते ९:४२     विकासन्युज


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल कै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रहेको छ । योजना ब्यबस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको जनाइएको छ ।

खुलामूखी योजना बमोजिम जम्मा रु. ५० करोड रुपैयाँ बरावरको ५ करोड इकाईको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा बीज पूँजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछ ।

खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु.१० का दरले भुक्तानी गरी आवेदनदिन सक्ने एस क्यापिटल लिमिटेडले जनाएको छ ।

खुलामुखी योजनाको जेठ १९ गतेदेखि बिक्री खुल्ला गरिने योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ । हाल जारी भएका इकाईहरु बाँडफाँट भएको मितिले ३ महिनापछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.