पोखरामा ज्योति विकासको २ शाखा बिस्तार, ७ स्थानमा नयाँ एटीएम सेवा

<p>काठमाडौँ । ज्योति विकास बैंक लि.ले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमकाबीच बुधबार संयुक्त रुपमा उद्घाटन गरे । [&hellip;]</p>


काठमाडौँ । ज्योति विकास बैंक लि.ले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमकाबीच बुधबार संयुक्त रुपमा उद्घाटन गरे ।

त्यसैगरी बंैकले बुधबार नै कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगञ्ज गरी ७ स्थानमा समेत नयाँ एटिएम सञ्चालनमा ल्याएको जनाएको छ ।

Share News