मकवानपुरमा लिफ्ट सहितको १७ तल्ले भ्यूटावर बन्दै, बैशाखदेखि सञ्चालन हुने

  २०७६ जेठ १५ गते १३:०७     राजाराम न्यौपाने

काठमाडौं । मकवानपुर जिल्लामा लिफ्ट सहितको १७ तल्ले भ्यू टावर बन्ने भएको छ । हेटौँडाका व्यवसायी राजाराम बोगटीले उक्त भ्यू टावर बनाउन लागेका हुन् ।

मकवानपुरको गढी गाउँपालिकाको वडा नम्बर ४ को मनकामनाको मन्दिरसँगै ‘स्काइ टच’ भ्यूटावर बन्न लागेको हो । यो भ्यूटावर १५ करोड रुपैयाँको लागतमा बनाउन लागिएको व्यवसायी बोगटीले बताए । भ्यूटावर २०७७ साल बैशाखदेखि सञ्चालन हुने गरी निर्माण कार्य शुरु गरिएको  छ। भ्यूटावर फलामको बन्ने भएकाले बैशाखमा नै सञ्चालन हुने उनले बताए  ।

स्काइ भ्यूटावर ५० मिटर अग्लो बन्ने छ । लिफ्टमा एक पटकमा ६ जनाले भ्यूटावर चढ्न सक्नेछन् । टावर माथिबाट ३० जनासम्मले हेटौँडा बजार लगाएतका ठाउँमा अबलोकन गर्न सक्ने छन् । लगानीकर्ता बोगटीले नेपालमा नै पहिलो पटक लिफ्ट सहितको १५ तल्ले स्काई भ्यूटावर निर्माण कार्य सुरु भएको बताए । टावर निर्माणपछि गढी गाउँपालिकामा पर्यटकहरुलाई आकर्षण गर्नेछ । भ्यूटावर सँगसँगै सो क्षेत्रमा होटल र लजपनि निर्माण गर्ने बोगटीले बताए ।

गढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले निर्माण हुन लागेको भ्यूटावरले पर्यटक आकर्षण गर्ने बताए । अहिले मनकामना मन्दिर अवलोकनका लागि प्रति महिना १५ सयदेखि २ हजारको हजारको हाराहारीमा पर्यटक आउने गरेको छन्, भ्यूटावर सञ्चालनमा आएपछि पर्यटक आगमनमा वृद्धि हुनेछ-उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.