सन नेपालको बीमा सेवा अब सिद्धार्थ बैंकबाटपनि

  २०७६ जेठ १४ गते १८:१४     विकासन्युज


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्स लिमिटेडबीच सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख बजार प्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरुमा सन नेपाल लाईफइन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.