एनआईसी एशियाका ग्राहकलाई ग्रिनसिटी, स्टार र कान्तिपुर डेन्टल अस्पतालमा विशेष छुट

<p>काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्नेछन् । ग्रिनसिटी हस्पिटलमा उपचार [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्नेछन् । ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०%, कान्तिपुर डेन्टल हस्पिटलमा १०%, र स्टार हस्पिटलमा १५% सम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका छन् ।
छुट्टाछुटटै सम्झौता पत्रहरुमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन् ।

Share News