बाँकेको कोहलपुरमा आशा लघुवित्तले ८३ जनालाई दियो सीपमूलक तालिम

  २०७६ जेठ १३ गते १८:२३     विकासन्युज


काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७६ जेठ ११, १२ र १३ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय कोहलपुर बाँकेमा आबद्ध सदस्यहरु मध्ये ८३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा कुसान बनाउने तालिम प्रदान गरेको हो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नपा वडा नं. ३ का अध्यक्ष माधव रिजालले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख सरस्वती खनाल अधिकारीले कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै
आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । तालीम कार्यक्रमको उद्घाटन अनुगमन अधिकृत नबिन थापाले गरेकी थिइन् ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा कुसान बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,०३१ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार
व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.