सनराइज बैंकले एकैसाथ खोल्यो ४ शाखारहित बैंकिङ्ग सेवा, हेरौँ कहाँ कहाँ ?

  २०७६ जेठ १२ गते १८:३०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले एकैसाथ ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले रुपन्देहीको पर्साहवा र मझौली, महोत्तरीको खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरी शुरू गरेको हो ।

बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त शाखा विस्तार गरेको हो ।

त्यस्तै, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यससँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.