नबिल बैंक र पीडीसीएनबीच सम्झौता, बास्केट बल लिगको बैंकिङ साझेदार बन्यो

  २०७६ वैशाख १६ गते १८:४५     विकासन्युज


काठमाडौँ । नबिल बैंक र पीडीसीएनबीच भएको सम्झौता भएको छ । सम्झौतासँगै बास्केट बल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केट बल लिगको बैंकिङ साझेदार बनेको छ ।

सोमबार काठमाडौंको महाराजगन्ज स्थित नेपाल पुलिसको प्रशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तानसदिना श्रेष्ठ रसधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिलकेशरी शाह र पीडीसीएनका अध्यक्ष अरुण कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल बास्केटबल लिग बैशाख १५, २०७६ बाट शुरु भएर साउन ६, २०७६ मा समापन हुनेछ । पीडीसीएनका अध्यक्ष कार्कीका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिजयी टोलीले क्रमशः रु २ लाख रु १ लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.