नेपाल बैंकको नाफा घट्यो

  २०७६ वैशाख १६ गते ८:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको चैतमा बैंकले कामएको नाफा भन्दा यो वर्षको सोही अवधिमा कमाएको नाफामा ३२ करोडले कमी आएको हो ।

अघिल्लो वर्ष ९ महिनामा २ अर्ब ५६ करोड रहेको बैंकको खुद नाफा अहिले २ अर्ब २४ करोडमा झरेको हो ।

नेपाल बैंकको नाफा घटे पनि बैंकको कोर बिजिनेसबाट प्राप्त नाफामा भने कमी आएको छैन । बैंकले अघिल्लो वर्ष बिक्री गरेको सम्पत्तिहरुबाट प्राप्त भएको नाफाका कारण खुद नाफामा कमी आएको देखिएको हो ।

बैंकको ब्याज आम्दानी अघिल्लो वर्षभन्दा १७ करोडले बढेर ४ अर्ब ७२ करोड पुग्दा गैरब्याज आम्दानीमा भने कमी आएको छ । बैंकको निक्षेप भने अघिल्लो त्रैमासभन्दा करिब ४ अर्बले बढाएको छ भने कर्जाको आकारमा ३ अर्ब वृृद्धि भएको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १७.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत कस्ट अफ फण्ड ४.११ प्रतिशत, सीसीडी अनुपात ७४.३२ प्रतिशत आधार ब्याजदर ६.९२ प्रतिशत रहेको छ । ब्याजको स्प्रेडदर ५.५० प्रतिशत छ नेपाल राष्ट्र बैंकले चैत्र महिनाभित्र स्प्रेडदर ४.७५ प्रतिशतमा झार्न दिएको निर्देशन विपरित बैंकको सो दर ४.९९ बाट बढेर उक्त विन्दुमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.