सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ओपन टेनिस टुर्नामेन्ट आयोजना गर्ने

  २०७६ वैशाख १२ गते १८:३१     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको अवसरमा सातौँ सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।

बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल संचालन गर्न लागेको हो ।

विभिन्न सात विधामा खेल सञ्चालन गर्न लागिएको कुरा काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जानकारी दिए । खेलका विजेताहरूलाई कुल पाँच लाख तेह्र हजार पाँच सय बराबरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । यस टुर्नामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने संघले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.