एभरेष्ट बैंकको नाफा २ अर्ब नाघ्यो, वित्तीय सूचकहरुको वृद्धि सन्तुलित

  २०७६ वैशाख ९ गते ८:४५     विकासन्युज

काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकले २ अर्ब नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको हो । पुस मसान्तसम्म १ अर्ब १५ करोड रुपैंया नाफामा सीमित बैंकले माघदेखि चैतमा मात्रै बैंकले ८६ करोड रुपैंया कमाएको थियो ।

बैंकले उक्त अवधिमा सबै सूचकहरुमा सन्तुलित वृद्धि हासिल गरेको छ । पुस मसान्तमा भएको १२४ अर्बको निक्षेप आकारलाई एभरेष्टले करिब २ अर्बले बढाउँदा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाहेकको निक्षेप नै सो मात्रामा कायम गरेको छ । ऋणी र अन्तरबैंक सापटी समेत गरी कर्जाको आकार पनि करिब ३ अर्बले बढेको छ ।

बैंकले अघिल्लो त्रैमासमा कायम रहेको ७ अर्ब ५८ करोड रिजर्भको आकारलाई ८ अर्ब २३ करोड रुपैंया पुर्याएको हो । जसमध्ये २ अर्ब अवितरित नाफाको रुपमा रहेको छ ।

बैंकले बमाएको नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी ३६.८१ रुपैंया हुन आउँछ । अघिल्लो त्रैमासको नाफाका आधारमा यो दर ३५.६३ रुपैंया थियो ।

बैंकको पुँजी पर्याप्तता अनुपात पुस मसान्तको तुलनामा बढेको छ । १२.५७ प्रतिशतबाट १३.३८ प्रतिशत पुगेको यो अनुपातले बैंकको व्यवसाय विस्तारको सम्भावना बढेको देखाउँछ ।

उल्लेखित निक्षेप, कर्जा र पुँजीका आधारमा बैंकको सीसीडी अनुपात ७६.६९ प्रतिशत छ । अघिल्लो त्रैमासमा ८.२२ प्रतिशत रहेको आधार ब्याजदर ८.०१ मा झारेको बैंकले कस्ट अफ फण्डलाई ६.०७ मा झारेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशत, स्प्रेडदर ४.६९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.