लुम्बिनी इन्स्योरेन्स आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न

  २०७६ वैशाख ८ गते १३:४०     विकासन्युज

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुईदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।

युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए ।

सो आमन्त्रित गल्फ प्रतियोगिताको उपाधि फिन्टसो लामाले हात पारेका थिए । । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले अर्वाड हस्तान्तरण गरेका थिए ।

वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्स्योरेन्सले फेयर अण्डरराइटिङ, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ मान्यता प्राप्त गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.