सिटिजन्स बैंक इन्टरनेसनल १३ औं वर्षमा, ९ महिनामा १ अर्ब ६ करोड नाफा

  २०७६ वैशाख ७ गते १४:३४     विकासन्युज

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा शनिवार विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार, कमलादी गणेश, तिनधारा, दरबारमार्ग, नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने ंकर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका छन् ।

बार्हौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिदैँ बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत्त ‘स्नो याक फाउण्डेशन’लाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था ‘बेबी लाइफ होम’ किर्तिपुरलाई दुई लाख रुपैयाँ र विभिन्न उमेर समूहका असमथर्, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको चितवन मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बार्हौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकले विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । यस बैंकले गत चैत्र मसान्तसम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरी रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरेको छ । बैैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.