ओपोले बैशाख ९ गते एफ११ प्रो सार्वजनिक गर्ने

  २०७६ वैशाख ५ गते १५:२५     विकासन्युज

काठमाडौँ । ओपोले नेपालमा बैशाख ९ गते एफ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । एफसिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

एफ नाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नव प्रबर्तनात्मक प्रविधि तथा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायतपनि उपलब्ध हुने छन् । यी विशेषता मार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । एफ११ प्रो सार्वजनिकका लागि आयोजना हुने कार्यक्रममा नेपाली चलचित्र जगतकी उदयीमान अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिती रहने कम्पनीले जानकारी दिइएको छ ।

४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । फोनको चार्जिङ तिब्र गतिमा होस् भन्ने चाहनाआजभोली सबैमा छ । एफ११ प्रोमा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले, मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.